अमेरिकी सभामुखको ताइवान भ्रमणबारे यान्छीले खोजिन् नेपालको साथ

लोकपथ
413
Shares

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अमेरिकी सभामुखको ताइवान भ्रमणबारे नेपालले चीनको साथ लिनुपर्नेमा जोड दिएकी छिन् ।

यान्छीले बुधबार विज्ञप्ति जारी गर्दै अमेरिकालाई ताइवानमा हस्तक्षेप गर्न र चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गर्दै सो कुरा बताएकी हुन् ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले चीन र अमेरिकाबीचको सम्बन्ध तनावको शिखरमा पुगेका बेला यान्छीले ताइवान मामिलामा नेपालको प्रतिबद्धता स्मरण गराएकी समेत गराएकी हुन् ।

लामो समयदेखि नेपालले ‘ताइवान स्वतन्त्रता’ को मुद्दामा दृढतापूर्वक विरोध गरिरहेको भन्दै यान्छीले उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि एक चीन सिद्धान्तमा नेपालको समर्थन कायमै रहने विश्वास व्यक्त गरेकी छिन् ।

पछिल्लोसमय अमेरिकाले ताइवानलाई चीनबाट टुक्र्याउन खोजेको आरोप चीनले लगाइरहेको छ ।

‘महाशक्ति अमेरिकाले आफ्नो मिसनमा नेपालजस्ता साना छिमेकीको पनि समर्थन जुटाउन प्रयत्न गर्ने र त्यसमा नेपालले समर्थन जनाए त्यसले चीनको रणनीतिक सुरक्षा स्वार्थमा आघात पुग्ने चिनियाँ बुझाइ रहेको छ ।

उनले भनेकीछन् ,‘हामी विश्वास गर्छौं – नेपाल सरकार र यसका जनताले एक चीन सिद्धान्तको पालना गरिरहनेछन् र चीनको वैध र जायज अडान बुझेर समर्थन गर्नेछन् र एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन् ।’

त्यस्तै, उनले अमेरिकी सभामुख पेलोसिले चीनको ताइवान क्षेत्रको भ्रमण गर्नु एक चीन सिद्धान्त विपरीत रहेको चीनको दाबी छ । भ्रमणले चीन—अमेरिका सम्बन्धको राजनीतिक आधारको उल्लंघन गर्दै चीनको सार्वभौमिकता र अखण्डताविरुद्ध हस्तक्षेप गरेको राजदूत होउले उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?