राष्ट्रपतिद्वारा मदन भण्डारी विश्वविद्यालय विधेयक स्वीकृत

लोकपथ
52
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गरेकी छन् । यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट अनुमोदन भइसकेको उक्त विधेयक प्रमाणीकरण भएसँगै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ ।

गत अषाढ २० मा संघीय सदन अन्तर्गत प्रतिनिधि सभामा र साउन ४ गते राष्ट्रिय सभाबाट उक्त विधेयक पारित भएको थियो । राष्ट्रपति भण्डारीले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् ।

सूचना तथा प्रविधिका क्षेत्रमा विदेशबाट समेत अनुसन्धानकर्मी र विद्यार्थी ल्याउने लक्ष्य लिइएको उक्त विश्वविद्यालयका लागि मकवानपुरको चित्लाङ र काभ्रेमा संरचना निर्माण भइरहेको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले प्राविधिक विषय पढाइ हुने गरी छुट्टै विश्वविद्यालय सञ्चालन गर्न मदन भण्डारी विश्वविद्यालयसम्बन्धी विधेयक ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?