एनआईसी एसिया बैंकद्वारा विभिन्न पदहरुमा कर्मचारी माग

लोकपथ
52
Shares

काठमाडौं । के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजिमा हुनुहुन्छ ? एनआईसी एसिया बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको छ ।

बैंकले डिजिटल बैंकिङ, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो । वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

यसका लागी इच्छुकले बैंकको वेबसाइट www.nicasiabank.com/current-vacancies वा दिइएको QR Scan गरी २०७९ भाद्र १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?