इन्धनकाे मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुले प्रदर्शन गर्दै

लोकपथ
78
Shares

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै विरोध प्रदर्शन गर्ने भएको छ ।

अनेरास्ववियू बागमती प्रदेश कमिटी उपत्यका विशेष कमिटीले सबै खाले पेट्रोल, डिजेल र एलपी ग्याँसको मूल्य घटाउन माग गर्दै विरोध प्रदर्शन गर्ने भएको हो । भारतीय पेट्रोलियम कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाउँदा पनि नेपालमा मूल्य यथावत कायम रहेको भन्दै अनेरास्ववियुले मूल्य घटाउन माग गर्दै आएको छ ।

अनेरास्ववियुले यसअघि मंगलबार एक विज्ञप्ति जारी गर्दै मूल्य नघटाइए आन्दोलनमा जाने चेतावनी दिएको थियो । पेट्रोलियम पदार्थको मूल्य अन्तराष्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्य समायोजन नभएकोप्रति विरोध प्रदर्शन गर्न लागेको हो । आज नेपाल आयल निगमको कार्यालयअघि विरोध गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?