मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट

लोकपथ
104
Shares

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालय नक्सालमा आज (मंगलबार) बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा कुल १५ लाख ४७ हजार ९४९ जनाले १ करोड ६९ लाख १६ हजार ९८० कित्ताको लागि आवेदन परेको थियो । त्यसमध्ये १ हजार ६६५ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिने १५ लाख ४६ हजार २८४ जना सेयर बाँडफाँट हो ।

मागभन्दा बढी आवेदन परेको हुँदा गोलप्रथा मध्यमबाट बाँडफाँट गर्दा एक लाख ९ हजार ३७४ जना आवेदकले १० कित्ताको दरले सेयर हात पारेका छन् । बाँकी रहेको ९ जनाले थप १ कित्ता गरी ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीले साउन साउन ९ गतेदेखि १२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

त्यससेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १० लाख ९३ हजार ७४९ कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँडफाँट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?