काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्री र सचिवहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी प्रधानमन्त्री देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारेमा छलफल गरेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।
सो बारेमा जानकारी दिँदै प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘वाार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन गर्ने सम्वन्धमा नेपाल सरकारका मन्त्री र सचिवहरुलाइ निर्देशन दिनुहुदै सम्माननीय प्रधानमन्त्रीज्यू।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया