शपथ हाँस्यव्यंग्य बन्यो, एउटै शब्दावली राखौं : सांसद महत

लोकपथ
130
Shares

काठमाडौंं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले सत्तामा र विपक्षमा रहँदा पनि एउटै शब्द उच्चारण हुने किसिमको शपथग्रहणसम्बन्धी विधेयक ल्याउन माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले यस्तो बताएका हुन् । उनले प्रमुुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानले भनेको कुरालाई नै मान्य र लागू हुने गरेर शपथग्रहणको विधेयक ल्याउन आवश्यक रहेको बताए ।

उनले पूर्व प्रधानमन्त्री ओलीले शपथग्रहण लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेका कुराहरुको नै उच्चारण नगरेको भन्दै संसदबाटै एउटै शब्द उच्चारण हुने गरेर विधेयक पास गर्नुपर्ने बताए । उनले शपथ मान्छेको नैतिकता र संस्कारसँग सम्बन्धित रहेकोले हाँस्यव्यंग्यको पात्र नबन्ने गरेर विधेयक ल्याउन आग्रह गरे ।

उनले भने, ‘शपथको कुरा छ । सत्तामा रहँदा एउटा शपथ र विपक्षमा रहदा अर्को शपथ हुन्छ । यो कुरा मान्छेको एउटा नैतिकतासँग संस्कारसग पनि सम्बन्धित हुने रहेछ । हाम्रो सम्मानित प्रधानमन्त्रीले यो भन्दा अघि शपथ खाने बेला ठूलो हाँस्यव्यंग्य बन्यो । हामीले अब के गर्नुपर्छ भने जे शपथ खाने हो त्यो यही पास गराैं ।

शपथ खुवाउनेले एउटा र शपथ खानेले एउटा नगराैं । जनता भन्नेपनि यही लेखौ, ईश्वर भन्ने भएपनि यही लेखौं । महामहिम राष्ट्रपतिले एउटा भन्नुहुन्छ, प्रधानमन्त्रीले अर्को भन्नुहुन्छ । त्यो यही पास गरौं नत्र हामी हास्यव्यंग्य जस्तो हुन्छाैं । यी कुराहरुमा ख्याल होस्, हामी हास्यव्यंग्यको पात्र नबनाैं ।’

सांसद महतले आफू हाँस्यव्यंग्यको पात्र नबन्ने गरेर संसदबाट नै एउटै शब्दावली उच्चारण हुने शपथग्रहण सम्बन्धी विधेयक आवश्यक रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?