सरकारले ल्याएको बजेट कृषि उत्पादनमुखी छ : अर्थमन्त्री शर्मा

लोकपथ
28
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताए ।

उनले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गरे । मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत् आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताए ।

मन्त्री शर्माले हामीसँग भएको श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा मात्रै नेपाललाई समुन्नत बनाउन सकिने बताए । उनले सरकारले किसानको घर खेतमा गएर लगानी गर्ने तथा बजेटमा किसानलाई पेन्सनको व्यवस्था समेत गरेको दाबी गरे । मन्त्री शर्माले भूमिहीनहरुलाई जमिन दिएर, पुँजी नहुनेहरुको लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले कृषिमा जोडेमात्रै मुलुकको अर्थतन्त्र सवलिकरण हुनसक्ने बताए । उनले भने, ‘हामीसँग भएको जमिन, जंगल र श्रम हो । यसको एकीकृत परिचालन श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा आज नेपाललाई समुन्नत गर्न सकिन्छ । उत्पादन वृद्धि गर्ने, आयातमा भर परेको अर्थतन्त्रलाई अहिले आन्तरिक उत्पादनमा आधारमा अर्थतन्त्र सुधार गर्न सकिन्छ भन्ने उदेश्यका साथ अहिलको वर्षको बजेट पास भएको छ ।’

उनले बजेटले देशमा कृषिमा आत्मनिर्भरता र औधोगिक उत्पादन मार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताए । उनले भने,‘आजको राष्ट्रियता भनेको सबल, आत्मनिर्भर अर्थतन्त्र हो । हामी अहिले पनि तरकारी निर्यात गरेर खाएका छौँ । आज भूमिहीनहरुलाई जमिन दिएर उत्पादनसँग जोड्नको लागि, पुँजी नहुनेहरुको लागि पुँजी उपलब्ध गराएर उत्पादनमा जोड्नको लागि औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको छ ।’

उनले कृषि क्षेत्रको उत्पादनको क्षेत्रमा सहभागि हुन आग्रह गर्दै कृषि उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्रमुखी बजेट कार्यान्वयमा चुनौती रहेकाले सबै मिलेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । मन्त्री शर्माले उत्पादनलाई जोड दिएर तरकारी उत्पादन गरे नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्ने बताए । उनले आयात गरेर खानुपर्ने वस्तुको अन्त्य गर्न आवश्यक रहेकोसमेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?