सेयर बजारमा सामान्य करेक्सन, परिसूचकसँगै कारोबार रकम पनि घट्यो

लोकपथ
91
Shares

काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । ४ दिनदेखि लगातार उकालो लागिरहेको सेयर बजार आज सामान्य अंकले घटेको हो ।

आज सेयर बजार मापक नेप्से परिसूचक २.८१ अंकले घटेर २१९३.४३ बिन्दुमा झरेको छ । त्यस्तै ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ०.०१ अंकले घटेर ४२१.१३ बिन्दुमा रोकिएको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । कारोबार अवधिभर २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०६ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ उपसमूहमा ६ वटा उपसमूहको सेयर मूल्य बढेको चछ भने बाँकी ७ वटा समूहको सेयर मूल्य घटेको छ ।

मंगलबार ८२ कम्पनीको सेयर मूल्य बढ्यो भने ९२ कम्पनीको सेयर मूल्य बढ्यो । ६ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

यसदिन पनि २९ करोड ३२ लाख २७ हजार रुपैयाँको कारोबार गर्दै शिवम सिमेन्ट सर्वाधिक कारोबार गर्नेको शिर्ष स्थानमा रहेको छ ।

आज विन्ध्यवासिनी हाइड्रोपावर, सामलिङ पावर, हिमाल दोलखा हाइड्रोपावर, रिभर फल्स पावर, फरवार्ड माइक्रोफाइनान्स लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

त्यस्तै, राष्ट्र उत्थान लघुवित्त, गुडवील फाइनान्स लिमिटेडको ऋणपत्र, किसान लघुवित्त, गणपति लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?