११ मङ्सिर २०७९, आईतवार

पार्टी एकता घोषणासभामा भावुक भए गच्छदार

२०७४,आश्विन,३०,सोमवार ०९:३९

0
Shares

काठमाडौं, ३० असोज– नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच आज एकीकरण भएको छ ।गच्छदार २०६४ सालमा कांग्रेस पार्टी परित्याग गरेर तत्कालिन मधेसी जनअधिकार फोरममा लागेका थिए । तर, पार्टी छाडेको एक दशकपछि गच्छदार कांग्रेसमै फर्किएका हुन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममार्फत दुई पार्टीबीच एकीकरणको घोषणा हुँदा गच्छदार भावुक भएका थिए । उनले १० वर्षसम्म आफू कांग्रेस बाहिर भएपनि पुरानो घरमा समाहित आउन पाउँदा खुसी लागेको भन्दै भावुक भए ।तत्कालिन राजनीतिक परिस्थितिमा आफू पार्टी छोड्नुपरेको घटना र  बेटा नजाउँ भन्दा भन्दै गएको स्मरण गर्दै उनी भावुक भए। उनले साथीहरु अर्जुरनरसिंह केसी र चक्र वास्तोलाले हात समाएर पार्टी नछोड भनेको पनि बिजय कुमार गच्छदारले स्मरण गराए।मुलुकको राजनीतिलाई अधिनायकवादतर्फ धकल्ने प्रयत्न भइरहेको भन्दै यस परिस्थितिमा नेपालको संविधानको लोकतान्त्रिक जगलाई अझ सुदृढ एवं सर्वस्विकार्य बनाउन दुबै पार्टी एक भएको पार्टी एकता घोषणामा सार्वजनिक गरिएको समझदारीपत्रमा उल्लेख छ । 

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०९:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा फिल्मकर्मीहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः

काठमाडौं । निर्माण सम्पन्न भएर प्रदर्शनको लागि तयार चलचित्र ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले खरिद गरेको छ ।

काठमाडौं । गत कात्तिक ११ गतेबाट प्रदर्शनरत फिल्म ‘महापुरुष’ चौथो सातामा प्रवेश गरेको छ । चौथो सातमा प्रवेश गर्दासमेत फिल्मले

काठमाडौं । आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन ७’ को लागि आवेदन खुला गरेको छ ।

ताजा समाचार

दोलखाका दस केन्द्रमा पुनः मतदान हुने
 २०७९,मङ्सिर,११,आईतवार १८:४०
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
 २०७९,मङ्सिर,११,आईतवार १६:५१