प्रदेश नं १ का मुख्यमन्त्री राईमा कोरोना संक्रमण

लोकपथ
26
Shares

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईमा कोरोना संक्रमण देखिएको छ ।

सोमबार गरिएको पीसीआर परीक्षणमा राईसहित परिवारका सदस्य र राजनीतिक सल्लाहकारमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्री राईमा ज्वरो आउने, रुघा लाग्ने लगायतका लक्षण देखिएसँगै उनीसहित १६ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमा उनकी श्रीमती र राजनीतिक सल्लाहकारमा समेत कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएसँगै घरमा आराम गरिरहेको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?