नीतिगत भ्रष्ट्राचार राष्ट्रिय सहमतिकै अंग बन्यो : नेता केसी

लोकपथ
767
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पछिल्लो समय नेपालमा नीतिगत भ्रष्ट्राचार राष्ट्रिय सहमतिकै अंग बनेको भन्दै कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा पछिल्ला विभिन्न राजनीतिक घटनाक्रमका बारेमा सचेत गराउँदै पूर्वमन्त्री समेत रहेका नेता केसीले नीतिगत भ्रष्ट्राचारले लोकलज्जा र जनमतको उपहास भएको आरोप लगाए ।

उनले भने, ‘नीतिगत भ्रष्टाचार ञ्राष्ट्रिय सहमतीकै अङ्ग बन्यो,लोक लज्जा र जनमतको उपहास भयो। ’

त्यसैगरी बजेट निर्माणका बेला बाह्य व्यक्तिको हस्तक्षेपबारे छानबिनका लागि गठित समितिमा सत्तापक्ष र प्रतिपक्ष अल्पमत र बहुमतका कारण छानबिनमा त्रुटि देखिए पनि त्यसको विरुद्धमा संसदमा विरोध किन हुन सकेन भन्दै प्रश्न गरेका छन् ।

त्यसैगरी सबै पक्षमा सहमति पूर्ण सौदाबाजी देखिएको आरोप लगाउँदै सत्तामा बसेको दलले जे गरे पनि हुन्छ भन्ने अंहकार शैलीले लोकतन्त्र नै लज्जित बनेको उनको भनाइ रहेको छ ।

‘सबै पक्षमा सहमति पूर्ण सौदाबाजी देखियो।’ उनले भनेका छन्, ‘ सत्तासीनले जे गरे पनि हुन्छ भन्ने अहंकारी शैलीले लोकतंत्र लज्जित बनायो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?