मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

लोकपथ
104
Shares

सप्तरी । सप्तरीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित सडकमा बा.३२ प ४४८६ नम्बरको मोटरसाइकल र स.४ प ९९५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान भएकाे दुर्घटनामा स.४ प ९९५० नम्बरको मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने ५२ वर्षीय त्रिपुरेश्वर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिनमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बा.३२ प ४४८६ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?