सरकारले पेल्दै गए हातमा दही जमाएर नबस्ने विप्लवको चेतावनी

लोकपथ
78
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सरकारले विगतमा ओली नेतृत्वको सरकारसँग भएका सहमतिको पालना नभएको जनाएको छ । नेपाल कम्युनिष्ट पाटीले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्ना नेता कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेर देशलाई पुनः द्धन्द्धमा लैजान खोजेको आरोप लगाएको छ ।

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेताकार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेपछि विज्ञप्तिमार्फत् यस्तो आरोप लगाएको हो ।

पार्टी, नेतृत्व कार्यकर्ता, समर्थक र जनताको नाममा ललितपुर जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीको घटनाले सरकार र राज्यका निकायहरु झुट्टा मुद्धा खारेज गर्ने र राजबन्दी रिहा गर्ने तीन बुँदे सहमतिको तेस्रो बुँदा लागू गर्नुपर्ने कार्यकैविरुद्ध उत्रिएको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारसग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति पक्रिया भाड्ने, देशलाई पुनः द्धन्द्धमा धकेल्ने कदम हो । सरकारसँग वार्तापछि भएका सहमति कार्यान्वयको चरणमै छ । सहमतिअनुसार सरकारले काम गरिरहेको छैन ।’

३५ दिनभित्र अदालतमा उपस्थित हुन जनाएको ललितपुर अदालतले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि लागेका मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएको भन्दै ६ साउन ०७९ को आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीवाट विद्रोही गर्दै सशस्त्र द्धन्द्धमा फर्किएका चन्द समूहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एक जनाको ज्यान गएको थियो । देशभरी यस्ता हिंस्रक घटना घटाएको सो समूहविरुद्ध देशैभरी उजुरी परेका छन् ।

विप्लवले सरकारसँग भएको तीनबुँदे सहमतिको कार्यान्वयनविरुद्ध सरकार गएको भन्दै तदारुकताका साथ कार्यान्वयन नभए पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?