११ चैत्र २०७९, शनिवार

पोखरेलीको बीचमा ‘नेपाल आइडल’ यस्तो धमाका

२०७४,आश्विन,३०,सोमवार ०९:३२

0
Shares

पोखरा, ३० असोज ।नेपाल आइडल भएपछि पहिलोपटक गृहनगरमा विजेता बुद्ध लामाको प्रस्तुती भएको छ । यो शनिबार साँझ ४ बजेदेखि पोखराको नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा भएको ‘लाइभ कन्सर्ट’मा उनको प्रस्तुती धमाकेदार रह्यो ।‘मलाई पोखराले धेरै माया गरेर यहाँसम्म ल्याईपु¥याएको हो । र, तीनै पोखरेली दाजुभाइको बीचमा आज म कन्सर्ट लिएर आउन पाउँदा निकै खुशी पनि छु ।’ नेपाल आइडल बुद्ध लामा अझै आशाबादी देखिए–‘मेरो यो साँगीतिक शुरुवात मात्र हो । आगामी दिनमा पनि पोखरेलीबाट यस्तै सहयोगको अपेक्षा गरेको छु ।’‘म बिना कसै कसैलाई मुश्किल छ पोखरामा’ बोलको गीत गाएर उनले कन्सर्टको शुरुवात गरेका थिए । मुन्टेज इन्टरनेशनल र जक्शन डटकमको आयोजनामा भएको लाइभ कन्सर्टमा बुद्धलाई हेर्न थुप्रै पोखरेली दर्शकको भीड प्रदर्शनीकेन्द्रमा जम्मा भएको थियो । बुद्धले कन्सर्ट अवधीभर करिब आधा दर्जन गीतहरु गाए । उनले प्रत्येक गीत गाउँदै गर्दा पोखरेलीलाई धन्यबाद भन्न छुटाएनन् ।नेपाल आइडल बुद्ध लामासँगै कन्सर्टमा फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र उत्कृष्ट ८ प्रतिस्पर्धी सन्ध्या जोशीले पनि पोखरेली दर्शकलाई भरपुर मनोरञ्जन गराए । खासगरि युवतीहरुको भीडले प्रताप दासलाई अझै बढि रुचाएको देखिन्थ्यो । त्यस्तै निशान भट्टराईले ‘आफ्नै गाऊँ फर्कि आएँ’ बोलको गीत गाउँदा त झन् दर्शकदीर्घाबाट ‘वान्स मोर’को चर्को हुटिङ आयो । सन्ध्या जोशीले पनि दर्शकलाई नचाउन कुनै कसर बाँकी राखिनन् ।नेपाल आइडलको ग्राण्ड फिनालेपछि देशभित्र भएको लाइभ कन्सर्ट पोखरामा पहिलोपटक हो । कन्सर्टलाई सुशिल नेपाल र निशा पन्थिले होस्ट गरेका थिए । ४ बजे शुरु भएको कन्सर्ट साँझ ८ बजे सकिएको थियो ।कन्सर्ट सोँचेअनुरुपकै भएको आयोजक मुन्टेज इन्टरनेशनलले प्रतिक्रिया दिएको छ । त्यस्तै जक्शन डटकम पनि कन्सर्टलाई लिएर आफुहरु सन्तुष्ट रहेको जनाएको छ । पोखरापछि मुन्टेज इन्टरनेशनलले पुर्वको उर्लाबारीमा कन्सर्ट आयोजना गर्दैछ । साथै यहि कम्पनीले नोभेम्बर ३, ४, ५ र १२ तारिखमा यूकेका विभिन्न शहरहरुमा पनि यहि कम्पनीले नेपाल आइडलको कन्सर्ट आयोजना गर्दैछ ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०९:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली चलचित्र सफल हुनुको एउटा महत्वपूर्ण कारण गीतसङ्गीत मानिन्छ । दर्शकलाई हलसम्म ल्याउन गीतसङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्ने

काठमाडौं । राज र डीकेको वेब सिरिज ‘फर्जी’ रिलिज भएदेखि नै फ्यानमाझ चर्चामा छ । ‘फर्जी’ वेब सिरिजलाई अहिलेसम्मको सबैभन्दा

काठमाडौं । चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन् । रिक्त रहेका तीनमध्ये दुई पदमा

काठमाडौं । नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बनेका छन् । एक

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११