प्रतिनिधि सभा बैठक मंगलबार बस्दै, यस्ता छन् कार्यसूची

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार (भोलि) बस्दैछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने भएको हो । भोली बस्ने बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको ‘खानेपानी तथा सरसफाई विधेयक, २०७७’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त राष्ट्रिय सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा सन्देशसहितका प्राप्त ‘शपथ सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभा बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभाबाट सन्देशसहितका प्राप्त ‘स्टाण्डर्ड नाप तथा तौल (पाँचौं संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहितका प्राप्त ‘प्रत्यायन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा सन्देशसहितका प्राप्त ‘तथ्यांक विधेयक २०७८ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव गर्ने लगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?