गण्डकी प्रदेशमा दुईवटा विधेयक पारित

लोकपथ
52
Shares

गोरखा । गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गतका दुईवटा ऐन पारित भएको छ । आइतबार प्रदेश सभाको बैठकले खानेपानी तथा सरसफाई सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, जलस्रोत तथा सिंचाइ व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको हो ।

संसदबाट दुई विधेयक पारित भएसँगै उर्जा मन्त्रालय अन्तर्गतका सिंचाइ तथा खानेपानी ऐन बनेको छ । विगतमा ऐन नहुँदा सामान्य कार्यविधिकै भरमा काम गर्नुपर्ने बाध्यता रहेको ऊर्जा मन्त्री हरिशरण आचार्यले जानकारी दिए ।

यी दुई ऐन पारित भएसँगै अब हामीले खानेपानीको मुहान दर्ता, उपभोक्ताको अधिकार, कार्यालयको अधिकार, कार्यक्षेत्र, खानेपानीको महसुल व्यवस्थित बनाउने लगायत थुप्रै सहजता हुने भएको छ,’ मन्त्री आचार्यले भने ।

ऐन पारित भएसँगै नियमावली निर्माणको प्रक्रिया सुरु गरिसकेको उनले बताए । ‘ऐनका आधारमा हामीले आवश्यक सबै नियमावली बनाइसकेका छौं । अब अन्तिम छलफल गरेर ढिलोमा साउन मसान्तसम्ममा मन्त्री परिषदमा छलफल गराएर पास गर्नेछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?