सेयर बजारको उकालो यात्रामा सोमबार पनि निरन्तरता

लोकपथ
143
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । यस दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.१५ अंकले बढेर २१९६.२५ बिन्दुमा उक्लिएको छ । त्यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १.९४ अंकले बढेर ४२१.१४ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २१७ कम्पनीको एक करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयर ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँमा किनबेच भएको छ ।

यस दिन पाँच वटा उपसमूहको मात्र सेयरमूल्य बढेको छ भने बाँकी ८ वटा सूचक हरियाली देखिएको छ । सोमबार ब्यापार समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

आज ५८ कम्पनीको सेयर मूल्य बढ्यो भने ११५ कम्पनीको सेयर मूल्य घट्यो । ६ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएन ।

आज पनि शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?