अर्थमन्त्री शर्माको स्वागतमा गएनन् अर्थसचिव मरासिनी

लोकपथ
84
Shares

काठमाडौं । अर्थमन्त्रीमा जनार्दन शर्मा आइतबार पुनः दोस्रोपटक मन्त्री भएपनि अर्थमन्त्रालयका अर्थसचिव मधुकुमार मरासिनी सोमबार अर्थ मन्त्रालय हाजिर भएका छैनन् ।

यसअघि बजेट निर्माण प्रक्रियामा चलखेलका लागि केही व्यक्तिलाई मन्त्रालयमै प्रवेश दिएको भन्दै सचिव मरासिनीमाथिसमेत प्रश्न उठेको थियो । अर्थ सचिव मरासिनीले विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशनमा आएपछि आफूमाथि समेत प्रश्न उठेको भन्दै उनी अर्थमन्त्री शर्मा प्रकरणमा असन्तुष्ट हुँदै आएका थिए ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहने सीसीटिभी फुटेज माग्दा १३ दिनको मात्र बाँकी रहने र अरु आफैं मेटिदै जाने जवाफ दिएपछि उनीमाथि पनि आशंका बढेको थियो । यसपछि सीसीटिभी फुटेज डिलिट गरिएको र यसमा अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोको आशंका गरिएका बेला यही सन्दर्भमा उनी अनिश्चित समयसम्म बिदामा बसेका थिए ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा मरासिनी उपस्थित भएनन् । मरासिनी बिदामा रहेकाे वा कुनै कार्यक्रममा सहभागी रहेको भन्ने खुलेको छैन । पुनः दोस्रो पटक मन्त्री नियुक्त भएका शर्मा आइतबार अर्थ मन्त्रालयमा पुग्दा राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका थिए ।

मरासिनी पारिवारिक समस्या देखाएर अनिश्चितकालका लागि बिदामा बसेका थिए । शर्माले राजीनामा दिएको भोलिपल्टै सचिव मरासिनी बिदा सकेर मन्त्रालयमा हाजिर भएका थिए । मन्त्रीको अनुपस्थितिमा अर्थमन्त्रालयमा नेतृत्व सम्हालेका मरासिनीले यतिन्जेल सक्रियतापूर्वक काम गरेका थिए । तर, आइतबार जनार्दन शर्मा अर्थमन्त्रीका रुपमा दोस्रो पटक नियुक्त हुने दिन भने उनी अनुपस्थित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?