धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि आईपीओ बिक्री गर्ने

लोकपथ
65
Shares

काठमाडौं । बागलुङ जिल्ला केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको साउन २४ गतेदेखि सार्वजनिक सेयर निष्काशन हुने भएको छ ।

जसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी सात करोड रहेकोमा सार्वजनिक सेयर निष्काशन पश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल सात करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा ११ करोड रहेको छ । जसबाट प्रतिशेयर नेटवर्थ दुई सय ५७ रुपौँया हुन आउँछ ।

कम्पनीको सञ्चित नाफा नोक्सानी समेत ४.६ करोडभन्दामाथि रहेकोले सार्वजनिक सेयर निष्काशन पश्चात् समेत सेयरधनीहरुको लागी ४० प्रतिशतभन्दा बढि लाभांश वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ ।

हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ । जसबाट करिब ३६ हजार ग्राहक सदस्यहरु मार्फत कुल एक सय ४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको पैसा प्रतिसेयर आम्दानी ३७ रुपैयाँ २५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?