जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

लोकपथ
104
Shares

काठमाडौं । प्रहरीले ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई पक्राउ गरेको छ । ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवाराशी बस्ने महाकाल गाउँपालिका–२ मानिखेल घर भएका ६६ वर्षीय बलाराम घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा घिमिरेसहित १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार रूपैयाँ, ३ बुक तास र १७ वटा कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, सर्लाहीको बागमती नगरपालिका–३ धरहरास्थित घिसिङ होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीया जमुना मोक्तान सहित ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद २ लाख १४ हजार ९ सय ७० रूपैयाँ, ५ थान मोबाइल, १६ थान कौडा र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?