दलहरुले सिर्जना गरेको संकट र फोहरको समाधान दलहरुले नै गर्नुपर्छ : कमल थापा

लोकपथ
104
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र र लोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहरको समाधान दलहरुले नै गर्नुपर्ने बताएका छन्।

अध्यक्ष थापाले एउटा दल असफल भए अर्को दल आउने वातावरण बनाउनु पर्नेमा जोड दिँदै दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनुपर्ने बताए ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले जनताको निर्णयाकत्व बलियो बनाउन राज्यका विभिन्न संरचनामा सुधार गर्नुपर्नेमा जोड दिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रजातन्त्र/लोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहरको समाधान दलहरुले नै गर्नुपर्छ। एउटा दल असफल भए अर्को दल आउँछ, आउने वातावरण बनाउनु पर्छ। दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ। जनताको निर्णयाकत्व बलियो बनाउनु पर्छ।संरचनामा सुधार गर्नुपर्छ।प्रजातन्त्रको विकल्प छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?