लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
78
Shares

काठमाडौं । बाँके प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका ९ घर भई हाल जिल्लाको खजुरा गाउँपालिका ४ एफगाउँ बस्ने ३५ वर्षीय मोहन गिरीलाइ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालतको बाँकेले २०७८ चैत ०९ गतेको फैसलाले लागुऔषध मुद्दामा २ महिना ९ दिन कैद तोकि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई प्रहरीले फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बाँकेमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?