काठमाडौं, ३० असोज– नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच आज एकीकरण भएको छ ।गच्छदार २०६४ सालमा कांग्रेस पार्टी परित्याग गरेर तत्कालिन मधेसी जनअधिकार फोरममा लागेका थिए । तर, पार्टी छाडेको एक दशकपछि गच्छदार कांग्रेसमै फर्किएका हुन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममार्फत दुई पार्टीबीच एकीकरण भएका हो ।पार्टी एकीकरण सभाका तस्बिरहरु हेर्नुहोस्