श्रीमतीलाई भान्सेमा नियुक्त गरेपछि गाउँपालिका अध्यक्षको आलोचना

लोकपथ
156
Shares

अछाम । अछामकाे रामारोशन गाउँपालिकाका अध्यक्षले आफ्नी श्रीमतीलाई भान्सेको जागिर दिलाएको खुलेपछि उनको आलोचना भएको छ । गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले आफ्नी श्रीमती जयसरा साउँदलाई भान्सेको जागिर दिलाएको खुलेपछि आलोचना भएको हो ।

अध्यक्ष साउँदको ठाडो निर्देशनमा उनकी श्रीमती साउँदलाई विज्ञापन बिना नै कार्यालय सहयोगीको कोटामा भान्से पदमा नियुक्त गरेका थिए । करार सेवा अन्तरगत १५ जेठ गतेदेखि लागू हुनेगरि १५ मंसिरसम्म (६ महिना) का लागि उनले सो नियुक्त गरेका थिए । जसअनुसार श्रीमती जयसराले गाउँपालिकाबाट मासिक २१ हजार ३ सय तलब र वार्षिक १० हजार पोशाक भत्ता सेवा सुविधा पाउनेछिन् ।

करारमा गाउँपालिका अध्यक्ष साउँदले आफ्नै श्रीमतीलाई जागिर दिएको भन्दै आलोचना भइरहेको बिषयमा बुझदा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले पालिका अध्यक्षको निर्देशनअनुसार नै करारमा भान्से नियुक्त गर्न लगाएको जनाएका छन् ।

श्रीमतीलाई जागिर दिलाएको बारेमा बुझन खोज्दा गाउँपालिकाका अध्यक्ष साउँदले भने प्रतिक्रिया दिन आनाकानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?