१० आश्विन २०७९, सोमवार

एमालेले आज महंगीविरुद्ध व्यापक जनप्रदर्शन गर्ने

२०७९,श्रावण,१६,सोमवार १०:४१

36
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले महंगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौंमा आज व्यापक जनप्रदर्शन गर्ने भएको छ ।

सर्वोच्च अदालतको परमादेश पछि निर्माण भएको गठबन्धन सरकारको एक वर्षमा पनि खाद्यवस्तुलगायतको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो । दिउँसो २ बजे जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ ।

वसन्तपुरबाट सुरू हुने र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता रहनेछ ।

प्रकाशित मिति: २०७९,श्रावण,१६,सोमवार १०:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । झन्डै ४० प्रतिशत अनुभवी सांसदहरु रहेको कर्णाली प्रदेश सभाले आफ्नो ५ वर्षे कार्यकालमा ५३ वटा विधेयक बनायो ।

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दसैँको शुभकामना दिँदै देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्न नसक्ने बताएका छन् ।

जनकपुरधाम । नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन् । सोमवार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर

जुम्ला । जुम्लामा कर्णालीकै धरोहरका रूपमा स्थापित चन्दननाथ र बटुक भैरवनाथको लिंगो खडा गरी दसैँ सुरु भएको छ । जुम्लावासीले

ताजा समाचार

गौतम धिमाललाई आईपीए अवार्ड
 २०७९,आश्विन,१०,सोमवार १६:११
को हुन पाउँछन् अस्थायी मतदाता ?
 २०७९,आश्विन,१०,सोमवार १६:०६