केन्टुकीको बाढीमा २५ जनाको मृत्यु

लोकपथ
133
Shares

काठमाडौं । अमेरिकाको पूर्वी केन्टुकीमा बाढीका कारण मृत्यु हुनेको संख्या २५ जनाको मृत्यु भएको छ ।

बाढीमा परेर मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने केन्टुकीका गर्भनर एन्डी विसियरले बताए । मृत्यु हुनेमा ६ जना बालबालिका छन् ।

अहिलेसम्म बाढीबाट २९४ जनाको उद्दार गरिएको छ । राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रमा संघीय सहायता पठाउन आदेश दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?