पेट्रोलियम ढुवानी व्यवसायीद्वारा देशव्यापी आन्दोलनको घोषणा (विज्ञप्तिसहित)

लोकपथ
338
Shares

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यावसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएको व्यवसायीले सोमबारदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको हो । पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग गर्दै व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिमा सोमबारदेखि हवाई इन्धनको ढुवानी रोक्ने उल्लेख छ । यसअघि गत साउन ६ गते बसेको महासंघको बैठकले साउन १५ गतेसम्म ढुवानी भाडा वृद्धि नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको अध्यक्ष खगेश्वर बोहराद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासंघले माग सम्बोधन नभएको भन्दै २० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्यांकरहरूले पीडीओ नलिने पनि जनाइएको छ । यसका साथै, २१ गतेदेखि सम्पूर्ण ट्यांकरबाट लोड/अनलोड नगर्ने उनीहरूले चेतावनी दिएका छन् ।
हालको ढुवानी भाडाबाट ट्यांकर सञ्चालन गर्न नसकिने महासंघको भनाइ छ ।

यदि आयल निगमले सञ्चालन गर्न चाहेमा ट्यांक उपलब्ध गराउने समेत महासंघद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?