१२ माघ २०७९, बिहीवार

काठमाडौं विश्वविद्यालयले उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण : मन्त्री पौडेल

२०७९,श्रावण,१५,आईतवार १७:०२

45
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्वविद्यालयको ९३ औं सभाको बैठकमा बौल्दै मन्त्री पौडेलले काठमाडौं विश्वविद्यालयले उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

‘काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण छ,’ उनले भने, ‘विज्ञान तथा प्रविधिका क्षेत्रमा उच्च तथा गुणस्तरीय शिक्षा प्रदान गर्न यस विश्वविद्यालयले सह्राहनीय कार्य गरेर देखाइ रहेको सबैसामू छर्लङ छ ।’ विश्वविद्यालयले मुलुकलाई चाहिने गुणस्तरीय शिक्षाका साथै नैसर्गिक निष्ठा र नैतिक आचरणले भरिपूर्ण शिक्षित जमातको निर्माणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

उनले शिक्षालाई सीपसँग, सीपलाई उत्पादन र रोजगारसँग जोड्दै सक्षम, दक्ष र राष्ट्र निर्माणमा चाहिने आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले भूमिका निर्वाह गर्नुपर्ने बताए । सभामा उनले विद्यार्थीलाई नेपालमै आवश्यक विषय अध्ययन गर्ने वातावरण र आकर्षक केन्द्र बनाए मात्र विदेश जानेहरुलाई कम गर्न सकिने औंल्याए ।

प्रकाशित मिति: २०७९,श्रावण,१५,आईतवार १७:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भारतको ७४औँ गणतन्त्र दिवसका

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत साधनका बीच पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्वत आएका पदम गिरीले अबको पाँच वर्षभित्र जिल्लाभित्र रहेका सबै वडा कालोपत्र

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा प्रदेशका मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाललाई नियुक्त गरेका छन्

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६