राष्ट्र बैंकद्वारा पुनः १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी आव्हान

लोकपथ
78
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले पुुनः १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंककाअनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने साउन १७ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरी ९१ दिने अवधिको पाँच अर्ब १० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ ।

राष्ट्र बैंककाअनुसार यो ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ कार्तिक १५ गते र बिसं २०७९ माघ १७ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी पुरानो नवीकरण अन्तर्गतको रहेको छ । यसअघि यही साउन नौ गते पनि राष्ट्र बैकले १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?