अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त, साढे ५ बजे शपथ

लोकपथ
91
Shares

काठमाडौं । जनार्दन शर्मालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा अर्थमन्त्रीमा पुनः नियुक्त गरेकी हुन् ।

अर्थमन्त्रीको रुपमा पुनर्बहाली भएसँगै साँझ ५ः३० बजे शपथ ग्रहणको समय छुट्टयाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गत जेठ १४ गते बजेट निर्माणका क्रममा पूर्व नासुलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गराएको आरोपपछि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । तर उनीमाथि छानबिनको लागि गठित समितिले अथेष्ट प्रमाण नभेटिएको पुष्टि गरेसँगै उनलाई पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिइएको हो ।

यसअघि उनी २०७८ साल असार २९ गते अर्थमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?