जिल्ला सभापतिको भेटमा देउवाले भने–‘पार्टीलाई एकताबद्ध बनाएर चुनाव केन्द्रित हुनुहोस्’

लोकपथ
260
Shares
sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]kfnL sFfu|];sf ;efklt z]/axfb’/ b]pjf . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी संघ र प्रदेशको निर्वाचनको तयारीमा लाग्न जिल्ला सभापतिलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका जिल्ला सभापतिलाई देउवाले यस्तो निर्देशन दिएका हुन् । आइतबार नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बाँनिया र भक्तपुरका सभापति दुर्लभ थापा देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

भेटमा आगामी संघीय र प्रदेशसभा निर्वाचनको जुट्न देउवाले जिल्ला सभापतिलाई निर्देशन दिएका हुन् । सभापति देउवासँगको भेटमा पार्टीलाई एकताबद्ध बनाएर चुनावमा होमिन पनि निर्देशन दिएको बताइएको छ ।

निर्वाचनको मिति घोषणा गर्न सरकारले तयारी गरिरहेको जनाउँदै अन्य सबै कुरा छोडेर निर्वाचनमै केन्द्रीत हुन देउवाले जिल्ला सभापतिलाई भनेका हुन् । आगामी मंसिर ४ गतेका लागि निर्वाचनको मिति तय गर्नेबारे सरकारले आन्तरिक तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?