वर्षौँदेखि आफ्नै बाबुद्वारा बलात्कृत

लोकपथ
1.4k
Shares

काठमाडौं । आफ्नै बाबुले बलात्कार गरेको भन्दै एक युवती प्रहरी समक्ष पुगेकी छिन् । बाबुले वर्षौदेखि बलात्कार गर्ने गरेको युवतीको भनाइ छ ।

यो घटना भारतको हो । आफ्नै बाबुले वर्षौँ देखि बलात्कार गर्ने गरेको र पैसाको लोभमा परेर आफ्नो तीन पटक विवाह पनि गराएको पीडितको भनाइ छ ।

मिडिया रिपोर्टका अनुसार यो मामला जयपुरको ट्रान्सपोर्ट नगर पुलिस स्टेशनको हो। पहिलो पटक आमा घरमा नहुँदा बाबुले बलात्कार गरेको पीडितले बताएकी छिन् । त्यसपछि धेरै वर्षदेखि लगातार उनलाई बाबुले बलात्कार गर्दै आएका थिए ।

कसैलाई भने मार्ने धम्की दिएका कारण आफूमाथि भएको ज्यादतीबारे उनले कसैलाई बताइनन् । जसको फाइदा उठाउँदै आरोपीले उनलाई बलात्कार गरिरहे । विचलित भएकी युवतीले एक दिन आफ्नी काका र भाउजुलाई आफ्नो पीडा सुनाइन् । त्यसपछि दाजु र भाउजुले उनलाई प्रहरी चौकी लगे । पीडितले शनिबार आफ्नै बाबुविरुद्ध बलात्कारको उजुरी दिएकी छन् ।

बाबुले १० लाख लिएर तीन पटक बिहे गरेको पीडितले आरोप लगाएकी छन् । हरेक पटक पुराना कुरा बिर्सेर जीवनमा अगाडि बढ्ने प्रयास गर्दा पनि बुबाको काम थाहाँ पाएर तिनै पतिले उनलाई छाडेर गएका पीडित युवतीको भनाइ छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको ट्रान्सपोर्ट नगर पुलिस स्टेशनले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?