चिनी मिलको समस्या समाधान गर्न समितिको निर्देशन

लोकपथ
78
Shares

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

आईतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरोकारवाला मन्त्रालय र सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

सम्बन्धित मजदुर, ऊखु किसान र चिनी मिलका प्रतिनिधिसमेत राखेर सम्बन्धित मन्त्रालयसँग समन्वय गरी चिनी मिलमा देखिएका समस्या समाधान गर्न सरकारलाई निर्देशन गरिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

उनले भने, ‘नेपाल सरकार उद्योग मन्त्रालयलाई समितिको आजको बैठकले चिनी मिलको समस्याको सम्बन्धमा सम्बन्धित मजदुर, किसान र चिनी मिलका प्रतिनिधि समेत राखेर सम्बन्धित मन्त्रालयसँग समन्वय गरी आवश्यक छलफल गरी यो समस्या समाधान गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिने निर्णय गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?