युवकको पेटबाट डाक्टरले निकाले ६३ वटा सिक्का

लोकपथ
312
Shares

काठमाडौं । भारतको जोधपुरमा पेट दुख्ने समस्यामा परेका एक युवकको पेटको एक्सरे गर्दा डाक्टर पनि छक्क परेका छन् । एक्सरे गर्दा युवकको पेटमा ६३ सिक्का देखिएपछि डाक्टर नै चकित परेका हुन् ।

पेटमा ६३ सिक्का देखिएपछि जोधपुरको मथुरादास माथुर अस्पतालको सुपर स्पेशलिटी विंग ग्यास्ट्रोलोजी विभागको टोलीले शल्यक्रिया गरी सिक्का निकालेको छ ।

चौपास्नी हाउजिङ बोर्डमा बस्ने ३६ वर्षीय युवकको पेट दुखेको गुनासो थियो । परिवारले उनलाई साँझ चार बजे मथुरादास माथुर अस्पताल पुर्याएका थिए ।

त्यसपछि डाक्टरहरुले युवकलाई अस्पतालमा भर्ना गरेका थिए । डाक्टरले बिरामीलाई सोध्दा उनले सिक्का निलेको बताए । त्यसपछि तुरुन्तै शल्यक्रिया गरियो। जसमा चिकित्सकले शल्यक्रिया गरी युवकको पेटबाट सिक्काको थुप्रो निकालेका थिए । युवक मानसिक रोगी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?