‘पठान’ पछि शाहरुखको आगामी फिल्ममा पनि दीपिका देखिने चर्चा

लोकपथ
169
Shares

काठमाडौं । अभिनेत्री दीपिका पादुकोणले शाहरुख खानसँग फिल्म ‘ओम शान्ति ओम’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् ।

पहिलो फिल्मबाटै दीपिका फ्यानहरुको नजरमा परेकी थिइन् । दीपिका फेरि पनि शाहरुख खानसँग फिल्म ‘पठान’ मा सँगै देखिने भएकी छिन् ।

दीपिका पादुकोण

किंग खान र दीपिका पादुकोणले स्क्रिन सेयर गर्ने खबरले फ्यानहरु निकै उत्साहित छन् । यसैबीच, फिल्म ‘पठान’ पछि दीपिका शाहरुख खानको अर्को आगामी फिल्ममा प्रवेश गर्ने खबर बाहिर आएको छ ।

रिपोर्टका अनुसार दीपिका पादुकोण फिल्म पठान पछि किङ खानको ‘जवान’ मा पनि देखिने चर्चा चलेको छ । यद्यपी यसबारेमा कुनै आधिकारिक पुष्टि भने भइसकेको छैन ।

फिल्म जवान

शाहरुख खानको फिल्म पठान अर्को वर्ष जनवरी अर्थात २०२३ मा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?