ओप्पो ‘ए ७७’ सार्वजनिक

लोकपथ
13
Shares

काठमाडौं । मोबाइल उत्पादक कम्पनी ओप्पोले नेपाली बजारमा ‘ए सिरिज’ अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए ७७’ सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको ‘ओप्पो ए ७७’ मा २ डी अल्ट्रा स्लिम बडी डिजाइन र उच्च सुरक्षा मापदण्डहरु रहेको कम्पनीको दाबी रहेको छ । कम्पनीका अनुसार अन्य भन्दा सार्वजनिक नयाँ फोनको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनका अनुभवहरू अघिल्लो फोनमा भन्दा धेरै रहेको छ ।

‘हामी यस्तो युगमा बाँचिरहेका छौँ, जहाँ हामी सबै जीवनको आनन्द लिन चाहन्छौँ ।’ ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनलीले भने ‘हाम्रा अग्रणी प्रविधिहरुका साथ, ओप्पो सबैको जीवन, सपना र सद्गुणहरुको माग पूरा गर्न प्रतिबद्व छ र हामीले धेरैभन्दा धेरै मानिस र उद्योगहरुलाई लाभ पुर्‍याउने सामाजिक जिम्मेवारीहरु लिई अगाडि बढी रहेका छौँ । यो ओप्पोको दिगो विकासको भावना हो जसलाई हामीले हरेक दिन आत्मसात गर्छौँ ।’

त्यस्तै, अधिकांश प्रयोगकर्ताहरू ब्याट्रीको आयु र मनोरञ्जन अनुभवको बारेमा चिन्तित रहेका बेला ओप्पोले आफ्नो उत्पादनले सो समस्या समाधान गरिने बताइएको छ ।

उनीहरुले गुणस्तरको कदर गर्छन् र राम्रो देखिने फोन चाहन्छन् । उनीहरुको आवश्यकता अनुसार, ओप्पो ए५७ मा ५००० एमएएच् ब्याट्री ६.५६ एचडी कलर–रिच डिस्प्ले, हाई–ईन्ड प्रोसेसर, भरपर्दो हार्डवेयर र सफ्टवेयरका साथ IPX4 वाटर रेसिस्टेन्स र सामान्य किसिमले चलाउँदा हुने स्क्यार्चबाट पनि बच्न सक्नुहुन्छ । डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्ट फोनमा यो एक मात्र स्मार्ट फोन हो ।

यी हुन् ओप्पोका विषेशता : 

क्यामेरा

यसमा ५० एमपी प्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर र अगाडि, ८ एमपी सेल्फी क्यामेरा रहेका छन् । भिडियोहरूको लागि, यसले पछाडी र अगाडि दुवै क्यामेराबाट 1080p मा भिडियोहरू खिच्न सक्छ ।

डिस्प्ले

यसमा ६० हर्ज रिफ्रेस दरको साथ ६.५६ ईन्च एच्डी+आइपी एस प्यानल रहेको छ । स्क्रिनले DCI P3 कलर गामटको ९६ प्रतिशत कभर गर्दछ । डिस्प्लेमा सेल्फी क्यामेराको लागि वाटरड्रप नोच छ, फोनको माथिल्लो भाग र साईड बेजेल न्युनतम छन् र तलको भागअलि ठूलो छ ।

हार्डवेयर क्वालिटी

ओप्पोए ७७ मा मिडिया टेक हेलियो जी ३५, ४ जीबी¥यामर १२८ जिबीईन्टर्नल स्टोरेजको साथ आएको छ । हेलियो जी ३५ अक्टा–कोर (४×२.३ गेगाहर्ज कोर्टेक्स–ए ५३ र ४×१.८ गेगाहर्ज कोर्टेक्स–ए५३) सिपीयु र पावर भीआर जीई ८३२० जिपीयु भएको १२ एनएमचिपसेट हो । साथै, IPX4 द्वारा प्रमाणित वाटर रेसिष्टेन्सका साथ सामान्य तवरबाट चलाउँदा स्क्यार्च नहुने र औंलाका डामहरु नबस्ने गरी बनाइएको छ ।

पर्फमेन्स

कलर्सओएस १२.१ ले एन्ड्रोइड १२ मा आधारित सफ्टवेयर पक्षलाई ह्यान्डल गर्छ । ओप्पो ए७७ ४जी फोनमा ५००० एमएएच् ब्याट्रीसँग आउँछ र USB–सी पोर्ट मार्फत ३३ वाट दु्रत चार्जिङलाई समर्थन गर्दछ ।

कलर रिच र आई–कम्फर्ट डिस्प्ले

६.५६ ईन्च डिस्प्लेले 96Ü NTSC कलर गामुट (100Ü DCI–P3) लाई कभर गर्दछ । यो फोनमा भएको आखा कम्फर्ट मोडले, स्क्रिन हेर्न अझ सहज बनाएको छ ।

ठूलो भोल्युम र साउन्ड क्वालिटीमा गुण स्तरीयता

ओप्पो ए७७ ओप्पोकोे मूल्यदायरा भित्रको एक मात्र फोन हो जसमा डुअल स्टेरियो स्पिकरहरू छन् जुन सामान्यतया फ्ल्यागशिप मोडलहरूमा मात्र रहन्छ । सुपर भोल्युम मोडमा, डुअल–स्पीकर फोनले सबै आवाजहरू भेट्न सक्छ । अडियो र भिडियो प्लेब्याकः Dirac 3.0 ले अझै यसको आवाजलाई थप शुद्व बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?