तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको भाउ

लोकपथ
195
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९५ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । शुक्रबार छापावाल सुन तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?