काठमाडौं । सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आवद्ध नभइ निर्वाचनमा सहभागि भएको भए १०० भन्दा बढी पालिकामा जित हासिल गर्न सक्ने दाबी गरेका छन् ।
आइतबार एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सो कुरा बताएका हुन् ।
‘गठबन्धनको गीतमात्रै गाउँदा स्थानीय तहमा हामीले अपेक्षा गरे अनुसारको नतिजा आएन । आफ्नै बलमा चुनाव लडेको भए १०० भन्दा बढी पालिकामा जित हुने थियो ।’ नेपालले भने ।
त्यसैगरी गत स्थानीय निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरु बफादार नभएको भन्दै आगामी निर्वाचनमा आफूहरुले सबै क्षेत्रमा उम्मेदवादी दिने दाबी गरेका छन् ।
नेपालले भने, ‘हामीले स्थानीय निर्वाचन हेरेका छौं, गठबन्धन भनेर मात्र हुँदैन सबै बफादर हुनुपर्छ । तर स्थानीय निर्वाचनमा त्यस्तो देखिएन, अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो ।’
त्यस्तै आगामी निर्वाचनमा गठबन्धन वा चुनावी मोर्चा बनाए पनि पार्टी एकता नहुने उनको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया