काठमाडाैं : ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) मा नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार बसेको ब्लोदानको २१ अाैं साधारणसभा र नवाैं महाधिवेशनले इञ्जिनियर सानुबाबु प्रजापतिको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।
ब्लोदानको उपाध्यक्षमा सूर्यलाल महर्जन र सुभद्रा खड्का, महासचिवमा केशव महर्जन, कोषाध्यक्षमा मचाकाजी महर्जन, सचिवमाा बिष्णुराज श्रेष्ठ र उज्वल केसी निर्वाचित भएका छन् ।
यस्तै, बिनोद तुलाधर, रोशन राजकर्णीकार, किशोरराज वन्त, शंकर महर्जन, पुरूषोत्तम खत्री, धर्मभक्त प्रधान, नारायण बसुकला, बालकृष्ण श्रेष्ठ, खेम मरासिनी, र्इन्द्र निराैला, शारदा लामा र भोलानाथ पाठक सदस्यमा निर्वाचित भएको ब्लोदानका सचिव बिष्णुराज श्रेष्ठले जानकारी दिए ।
जनताले निशुल्क दान दिएको रगत बिरामीले पनि निशुल्क नै पाउने व्यवस्था मिलाउन नयाँ कार्यसमिति लागिपर्ने सचिव श्रेष्ठले बताए ।
सन् १९९० मा स्थापना भएको ब्लोदान नेपालका स्वंयसेवी रक्तदाताहरूको गैरनाफामूलक छाता संस्था हो ।
यो संस्थाले नेपालमा अावश्यक रगतको परिपूर्ति गर्न निशुल्क रूपमा देशैभर रक्तदान कार्यक्रम सञ्चालन गर्नेगर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया