बार्सिलोनाको सहज जित

लोकपथ
234
Shares

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा आइतबार बिहान न्यूयोर्क रेड बुल्सलाई २-० अन्तरले पराजित गरेको छ ।

अमेरिका भ्रमणमा रहेको क्याटलान क्लबको जितमा विंगर औसमाने डेम्वेले र फरवार्ड मेम्फिस डिपाएले एक एक गोल गरे ।

बार्सिलोनाले दुबै हाफमा एक एक गोल गरेको थियो ।

प्रि–सिजनमा बार्सिलोनाको यो पाँचौ खेलमा तेस्रो जित हो ।यसअघि अमेरिकन क्कब इन्टर मियामी र स्पेनिस प्रतिद्वन्दी रियल म्याड्रिडलाई बार्सिलोनाले पराजित गर्दा अमेरिकन क्लब युई ओलोट र सिरी ए को युभेन्ट्ससँग बराबरी खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?