आज साउन १५ अर्थात् खीर खाने दिन

लोकपथ
98
Shares

काठमाडौं । आज साउन १५ नेपाली परम्पराअनुसार खीर खाने दिन । आजको दिन घरघरमा खीर र मिष्ठान्न परिकार खाएर साउन १५ मनाउने परम्परा छ । वर्षमा कहिले दही–चिउरा, कहिले क्वाँटी, जौको सातु खाएजस्तै साउन १५ को दिनमा खीर खाएर मनाउने प्रचलन छ ।

साथै, नेपाल कृषिप्रधान देश भएकोले पनि धानबाली रोपिसकेको समयको उपलक्ष्यमा खीर खाएर साउन १५ मनाउने गरिन्छ । साउन महिना वर्षात् समय भएको कारण पनि दुधबाट बनेको पोषिलो परिकार खीर खाएर आज साउन १५ मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?