आगामी निर्वाचनमा माओवादी दोस्रो नभए सहकार्य सहज नहुने प्रचण्डको चेतावनी

लोकपथ
84
Shares

काठमाडौं । आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा माओवादी केन्द्र कांग्रेसपछिको ठूलो पार्टी बन्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् ।

पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कांग्रेसका नेताहरुसँग आफ्नो कुराकानी भइसकेकाले कांग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी पनि दिएका छन् ।

‘मैले नेपाली कांग्रेसको नेतासँग कुरा गर्दा भनेको छु । सायद पहिलो अहिले तपाईहरु नै हुनुहुन्छ त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज जाँदैन ।’प्रचण्डले भने

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?