२० माघ २०७९, शुक्रवार

देश र जनताको हितमा लाग्न सबै पक्षलाई सञ्चारमन्त्रीको आग्रह

२०७९,श्रावण,१४,शनिवार १४:५६

108
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश र जनताको हितका निमित्त आफ्ना गतिहरुलाई अझ तेजका साथ अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन् ।

अब निर्वाहमुखि भएर बस्ने छुट कसैलाई पनि नभएको भन्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)को पाँचौं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका उनले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिवद्ध रहेको पनि दोहोर्‍याए ।

त्यस अवसरमा मन्त्री कार्कीले आफू भाषण नभई व्यवहारिक रुपमै पत्रकाररुको साथमा रहने प्रतिवद्धता समेत व्यक्त गरे । अबको दश वर्षपछि सुन्दर, सभ्य र समृद्ध राष्ट्रको नागरिक बन्ने गरी नेपालले अघि बढनुपर्ने उल्लेख गर्दै मन्त्री कार्कीले त्यस काममा मुलुकको पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘अवको दश वर्षपछिको नेपाल अन्तर्राष्ट्रिय जगतमा गएर हामी द्धन्द्ध पीडित मुलुकको नागरिक हुन नपरोस् । हामी विकासोन्मुख दिशातर्फ अघि बढिरहेको देशको नागरिक भन्न नपरोस् । हामी सुन्दर, सभ्य, समृद्ध देशका नागरिक बन्न सकौं । यो अठोटका साथ हामी अगाडि बढौं । र, त्यो अठोटका साथ अगाडि बढनका निमित्त यस किसिमका कार्यक्रमहरुले हाम्रो समाजलाई प्रेरित गर्न सकोस् म यिनै शुभकामनाहरु व्यक्त गर्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिवद्ध रहेको कुरा यहाँहरुसँग निवेदन गर्दै पत्रकारहरुको हितका निमित्त मुलुकमा जवाफदेही र मर्यादित पत्रकारिता जगतको उदाहरण हामीले कमसेकम दक्षिण एशीयामा देखाउन लायक देश बनाउनका निमित्त तपाईहरुको साथमा अहिले मैले सञ्चार मन्त्रालयको नेतृत्व गरिराखेको हुनाले केवल भाषणमा मात्रै होइन, व्यवहारमै तपाई पत्रकारहरुको साथमा रहने कुरा विश्वास दिलाउन चाहन्छु । अव निर्वाहमुखि भएर बस्ने छुट हामीलाई छैन । अव हाम्रो गतिहरुलाई तेजका साथ देश र जनताको निम्ति अगाडि बढाउनुपर्ने आवश्यक्ता छ । र, त्यो आवश्यक्ता हरेक भूमिका रहेका व्यक्तिहरुमा लागू हुन्छ ।’

मन्त्री कार्कीले कोभिड महामारीको बेलामा पनि पत्रकारहरुलाई साथ दिएको भन्दै इञ्जाको प्रशंशा समेत गरे ।

प्रकाशित मिति: २०७९,श्रावण,१४,शनिवार १४:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्वोच्च अदालतमा यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२