मौद्रिक नीति घोषणासँगै बढेको सेयर बजार : सातामा २० अर्ब ८७ करोडबढीको सेयर किनबेच

लोकपथ
169
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेपछिको पहिलो साताको सेयर बजार लगानीकर्ताहरुको लागि सुखद देखिएको छ । साताको सुरुवाती कारोबार दिन देखि नैं बढेको नेप्सेले अन्तिम कारोबार दिनसम्म पनि निरन्तरता पाएको थियो ।

यसैगरी यो साता सेयर कारोबार रकम पनि बढेको छ । मौद्रिक नीति घोषणा अघिसम्म लगातार घट्दै आएको नेप्से मौद्रिक नीति घोषणा पश्चात क्रमिकरुपमा बढे संगै कारोबार रकम पनि बढ्न थालेपछि सेयर लगानीकर्ताहरुको बजारप्रतिको मनोवल बढेको हो ।

सोही आधारमा यो साता नेप्से २१ सय ४० दशमलव ३९ अंकमा पुग्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय नौं दशमलव ५३ अंकमा पुग्न सफल भएको छ । सातामा दुुई सय २७ वटा कम्पनीहरुको तीन लाख २५ हजार तीन सय ८५ पटक सेयर किनबेच भएका छन् । जसबाट चार करोड ९६ लाख ८२ हजार तीन सय १९ कित्ता शेयर किनबेच हुुंदा यो साता कुल सेयर कारोबार रकम २० अर्ब ८७ करोड २२ लाख ५२ हजार सात सय ९७ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा १० अर्ब रुपैंयाँले बढी हो ।

गत साता नेप्सेमा दुुई सय २५ वटा कम्पनीहरुको एक लाख ६६ हजार सात सय ५५ पटक सेयर किनबेच भएको थियो । जसबाट उक्त साता दुई करोड ३२ लाख ६४ हजार एक सय ५५ कित्ता शेयर किनबेच हुुंदा कुल कारोबार रकम नौं अर्ब ५५ करोड ४६ लाख ८० हजार नौं सय ९६ रुपैंयाँ पुगेको थियो । नेप्सेको नियमित कारोबार कक्ष यो साता छ कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, चौंथो र पाँचौं दिन नेप्से बढेको थियो भने तेस्रोे दिन नेप्से घटेको थियो ।

पहिलो दिन ६१ दशमलव पाँच अंकले बढेर दुई हजार ७८ दशमलव ५१ अंकमा पुगेको नेप्से दोस्रो दिन पनि ५४ दशमलव ४५ अंकले बढेर दुई हजार एक सय ३२ दशमलव ९६ अंकमा पुगेको थियो । तेस्रो दिन भने ४४ दशमलव आठ अंकले घटेर दुई हजार ८८ दशमलव १६ अंकमा झरेको नेप्से चौंथो दिन पुन २३ दशमलव ८३ अंकले बढेर दुई हजार एक सय ११ दशमलव ९९ अंकमा चढेको थियो । पाँचौं दिन पनि १५ दशमलव ४९ अंकले बढेर दुई हजार एक सय २७ दशमलव ४७ अंकमा चढेको नेप्से छैंठौं दिन पुन १२ दशमलव ९२ अंकले बढेर २१ सय ४० दशमलव ३९ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १२ दशमलव नौं अंकले बढेर तीन सय ९८ दशमलव ३३ अंकमा चढेकोमा दोस्रो दिन पुन नौं दशमलव पाँच अंंकले बढेर चार सय सात दशमलव ३८ अंकमा चढेको थियो । तेस्रो कारोबार दिन भने सेन्सिटिभ इन्डेक्स आठ दशमलव ९९ अंंकले घटेर तीन सय ९८ दशमलव ३९ अंकमा झरेकोमा चौंथो दिन पुन चार दशमलव ५३ अंकले बढेर चार सय दुई दशमलव ९२ अंकमा चढेको थियो । पाँचौं कारोवार दिन भने सेन्सिटिभ इन्डेक्स दुई दशमलव सात अंकले बढेर चार सय पाँच दशमलव ६२ अंकमा पुगेकोमा छैठौ दिन पुन तीन दशमलव ९१ अंकले बढेर चार सय नौं दशमलव ५३ अंकमा पुग्न सफल भएको छ ।

यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनी आदिको बढी संख्यामा सेयर किनबेच भएको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

यस्तो रह्यो यो साता दैनिक शेयर कारोवार ९संख्या र रुपैयाँमा०

दिन              कम्पनी संख्या                        कारोवार संख्या                   कित्ता                  कारोवार रकम
पहिलो दिन           २१९                                    ४२९३०                      ६४२३१४६                २७३०९२७२९७
दोस्रो दिन             २१४                                    ६४२३१                       ९९४४०४८                ४१०६८१८९४१
तेस्रो दिन              २२२                                     ६०५१७                      ८७४०५५१               ३७०४९९८३९८
चौंथो दिन              २२७                                     ५०२९७                      ७५०८१८८               ३१६१४५५१४२
पाँचौं दिन               २२१                                      ७२४५०                     ११९५५०७६             ४९७६४३३१०५
छैंठो दिन               २१६                                       ३४९६०                      ५१११३१०                 २१९१६१९९१४
कुल                                                                   ३२५३८५                   ४९६८२३१९           २०८७२२५२७९७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?