२० तस्वीरमा हेर्नुहोस् ‘निर्मलाका निम्ति न्याय’

काठमाडौं ।‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शनमा हजारौं सर्वसाधरण सहभागी भएका छन् । प्रदर्शन काठमाडौंको माइतीघर मण्डलाबाट शुरु भएको हो ।  


प्रदर्शनमा स्वस्फुर्त रुपमा हजारौं सहभागी भएका थिए ।  प्रदर्शनका क्रममा सहभागीहरुले ‘मौन बसेको सरकार किन बढ्दैछ बलात्कार ?, सरकार देखाऊ इच्छा खै त महिला सुरक्षा ?, सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, निर्मलाका निम्ति न्याय, निर्देषलाई यातना, दोषीलाई उन्मुक्ति ?’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

शनिबार देशका विभिन्न १९ स्थानमा ‘निर्मलाका निम्ति न्याय’ माग्दै प्रदर्शन भएको थियो । 

यसअघि पनि माइतीघर मण्डलामा निर्मलाका निम्ति न्याय माग्दै मौन विरोध प्रदर्शन गरिएको थियो ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । बलात्कारपछि हत्या भएको ५२ दिन बितिसक्दा पनि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाउन दबाव दिने उद्देश्यले माइतीघरमा वृहत प्रदर्शन भएको हो । 

छोरी निर्मलाको निम्ति न्याय माग्दै निर्मलाका बुबाआमा लगायत कञ्चनपुरका महिला अधिकारकर्मी पनि काठमाडौं आएका छन् ।

एकातिर निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक हत्यारा को होन् ? सरकारले किन ५२ दिन पुग्दासम्म जनतालाई जवाफ दिन सकेको छैन ? के सरकार वास्तविक अपराधीलाई जोगाउन खोज्दै छ ? भन्ने प्रश्नहरु संसद भवनदेखि आम सर्वसाधरणहरुले उठाउँदै आइरहेका छन् । तर, सरकारका तर्फबाट अहिलेसम्म कुनै पनि ठोस जवाफ आएको देखिँदैन । 

तस्वीर: सरोज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?