अवैध उत्खननमा प्रयाेग भएका २ टिपर र १ जेसिबि प्रहरीको नियन्त्रणमा

लोकपथ
169
Shares
महोत्तरी । अवैधरुपमा नदिजन्य वस्तु उत्खनन गरिरहेका ३ वटा साधनलाई आज प्रहरिले नियन्त्रणमा लिइएको छ ।

जिल्लाको गौशाला नगरपालिका अन्तर्गत वाके खोलामा गिट्टी, वालुवा उत्खनन गरिरहेका २ टिपर र १ जेसिविलाई प्रहरिले नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी कान्तिवजारबाट खटिएको प्रहरिले तिनै साधनहरुलाई नियन्त्रणमा लिएर गौशाला नगरपालिकालाई बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?