नुवाकोट कांग्रेसमा भाँडभैलो

लोकपथ
143
Shares

काठमाडौं । नुवाकोटको कांग्रेसमा महत र केसीबीचको लाडाइँ पुरानै हो । दुबै पक्ष नुवाकोटमा आफ्नो प्रभुत्व चाहन्छ ।

नेपाली कांग्रेस नुवाकोटमा गुटका गतिविधिका कारण संगठन संरचना नै तितरवितरको अवस्थामा पुगेको छ । वर्षैंदेखि पार्टीभित्र प्रतिपक्षी बनेर बसेको डा. प्रकाशशरण महत, बाहदुरसिंह लामा र रमेश महत समूहले अर्जुननरसिंह केसी, केदारनरसिंह केसी र जगदिश्वरनरसिंह केसीको समूहमाथि कारबाहीको माग गरेसँगै नुवाकोट कांग्रेसको यो लडाइँले अहिले नयाँ मोड लिएको छ ।

कारबाहीको लागि नुवाकोट कांग्रेसको अनुसाशन समितिले बेलकोटगढीका सभापति लेखनाथ मुडभरीलाई स्पष्टीकरण पेश गर्न पत्र काटेपछि विवाद झन बढेको छ ।

बेलकोटगढीका सभापति लेखनाथ मुडभरी सिंहपक्षका हुन् । मुडभरीले स्थानीय निर्वाचनको समयमा टिकट वितरण गर्दा पैसाको चलखेल भएको भन्दै बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश पोखेका थिए । साथै उनले कांग्रेसभित्र रहेको कुर्सीमोहलाई पनि आक्रोशीत शैलीमा नै व्यक्त गरेका थिए ।

मुडभरीले फेसबुकमा के लेखेका थिए ?

‘नयाँ पुस्ता किन स्वतन्त्रको नाममा सल्बलाइरहेको छ ? फर्केर हेरू लामो समयसम्म एउटै मान्छे पार्टीमा सभासद, सभापति अध्यक्ष वा प्रधानमन्त्री लगानी सबैले गरेको छ एकचोटि भएपछि पालो दिनु पर्दैन ? नयाँ काम केही छैन लाज लाग्दैन साउनको दोस्रो सातासम्म मल छैन । एमालेले गरेको भ्रष्टाचार खोइ छानबिन गरेको ? नागरिकता विधेयकमा छलफल गरेको ? स्थानीय निकायको निर्वाचनमा जिल्ला र केन्द्रीयस्तरमा नाम चलेका नेताहरुले करोडौंमा टिकट बेचेको, छोटे राजाहरुको माला, खादा, मोटर कार्यक्रम कार्यलयमा नगरि होटेलमा करोडको बिल उठाएर संस्थागत भष्टाचार गरेको, जनतालाई बाच्न मुस्किल हुनेगरि भएको मुल्यबृद्धि तिर ध्यान दिनु छैन यहि हो गणतन्त्र बेलैमा चेतना भया !

उता मुडभरीलाई स्पष्टीकरण पेश गर्न पत्र काटेसँगै सिंहपक्षका जगदिश्वरनरसिंह केसीले जिल्ला कमीटीको उक्त निर्णप्रति असन्तुष्टि जनाएका छन् ।

केसीले पनि फेसबुकमा मुडभरीको पक्ष लिँदै ‘सात दशकदेखि वास्तविक काङ्ग्रेसको लडाइँ नै सत्यलाई उजागर गर्न पाउनुपर्छ, गलतलाई खबरदार भन्न पाउनुपर्छ भनेर हो । सत्य उजागर र गलतलाई खबरदार नगर भन्नेहरु पदले मात्र काङ्ग्रेस र व्यवहारले गैरकाङ्ग्रेसी ठहर्नेछन्’ भन्दै स्टाटससमेत राखेका छन् ।

जगदिश्वरनरसिंह केसीले फेसबुकमा के लेखेका छन् ?

बीपी कोइरालाले भन्नुहुन्थ्यो,‘आफ्नै पार्टीका गलत क्रियाकलापविरुद्ध बोल्नेहरु नै पार्टीका इमान्दार निष्ठावान कार्यकर्ता (सिपाही) हुन ।’इमानदार कार्यकर्ताले सत्य कुरा लेख्न कुनै चिन्ता र कसैसँग डराउनु पर्दैन किनकी लोकतन्त्रमा बोल्ने स्वतन्त्रता हुन्छ । कुमरीमा सशस्त्र मओवादी द्वन्दको समयमा संगठन जोगाउन गर्नु भएको योगदान, ६२/६३ को जनआन्दोलनमा तपाईंले निभाउनु भएको भूमिका नै तपाईंको जवाफ हो लेखनाथ जि ।

त्यसैले तपाईंले कसैको केहि जबाफ दिन आवश्यक छ भन्ने ठान्दिन म । हामी विपि का अनुयायि हौँ तसर्थ गलतका विरुद्ध आवाज उठाउन संघर्ष गर्न आफ्नो पराई हेर्दैनौँ ।

सात दशकदेखि वास्तविक काङ्ग्रेसको लडाइँ नै सत्यलाई उजागर गर्न पाउनुपर्छ, गलतलाई खबरदार भन्न पाउनुपर्छ भनेर हो । सत्य उजागर र गलतलाई खबरदार नगर भन्नेहरु पदले मात्र काङ्ग्रेस र व्यवहारले गैरकाङ्ग्रेसी ठहर्नेछन । विचलित नहुनुहोस् लेखनाथजी सम्पूर्ण सच्चा काङ्ग्रेसी यस विषयमा तपाईंको साथमा रहनेछन् ।

नमचिने पिङ को सय झटका !

मुभडरीले पैसाको विषयलाई बाहिर ल्याएपछि सम्भावति क्षति हुन नदिन कांग्रेसले स्पष्टिकरणको बाटो समातेको हुनसक्ने अनुमान गरिएको छ ।

१४ औँ महाधिवेशनअघि भएको गाउँ तथा नगर अधिवेशन र क्षेत्रीय अधिवेशनमा नुवाकोटमा करिब करिब क्लिन स्वीपको अवस्थामा पुगेको केसी समूहले बेलकोटगढीमा भने महत समूहमाथी क्लिन स्वीप गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?