कर्णाली र सुदूरपश्चिममा पिसिएल नर्सिङ सञ्चालन गरियोस् : डा.डिला संग्रौला

लोकपथ
65
Shares

काठमाडौं । प्रतिनिधि सभाकी सांसद डा.डिला संग्रौला पन्तले नर्सिङ विषय पठनपाठन गराउने कलेजहरुले चिकित्सा शिक्षा ऐनले तोकेको मापदण्ड पूरा गर्न नसक्दा आफ्नो कार्यक्रमहरु बन्द गर्नुपर्ने अवस्था आएको बताएकी छन् ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले गुणस्तरीय नर्सिङ शिक्षामा सम्झौता नहुने गरी नेपालका कलेजहरुलाई नर्सिङ पठनपाठन अगाडी बढाउन सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराईन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न तत्काल व्यवस्था गर्न उनले माग गरिन् ।

उनले भनिन्, ‘एकातिर नेपालले दक्ष जनशक्तिको रुपमा रहेका नेपाली नर्सहरुलाई बेलायत पठाउन स्वीकृति दिएको छ भने अर्कोतर्फ नर्सिङ विषय पठन–पाठन गर्न नेपालमा रहेका कैयाैं कलेजहरुले चिकित्सा शिक्षा ऐन २०७५, नियमावली २०७७ ले तोकेको मापदण्ड पूरा गर्न नसकेको कारण आफ्ना कार्यक्रमहरु बन्द गरेका छन् ।

१०० सैय्याको आफ्नै अस्तताल चलाउनुपर्ने भन्ने प्रावधान व्यवहारिक नभएको गुनासो आइरहेको छ । प्राविधिक, एसईई, डिप्लोमा तथा स्नातक तहमा निःशुल्क छात्रवृत्ति पढ्न योग्य सयौं विद्यार्थीहरु पढाइबाट बञ्चित हुनुपरेको छ । अरबौं रुपैयाँका लगानी डुब्ने स्थिति पैदा भएको छ ।’

उनले गुणस्तरीय नर्सिङ शिक्षामा सम्झौता नहुने गरी नेपालका कलेजहरुलाई नर्सिङ पठनपाठन अगाडि बढाउन सहजीकरण गर्नका साथै कर्णाली सुदूरपश्चिम प्रदेशमा पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न तत्काल व्यवस्था गर्न माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?