प्रतिनिधिसभामा सांसद गजेन्द्र महतले खोले ‘एम अधिकारी’ को रहस्य

लोकपथ
221
Shares

काठमाडौं । सांसद गजेन्द्र महतले ‘एम अधिकारी’ को पहिचान भएको जिकिर गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उनले केही अघि एम अधिकारी र सीसीटीभी फुटेजबारे निकै सोधखोज भएको चर्चा गरे ।

सीसीटीभी फुटेजबारे संसदीय विशेष समितिले छानबिन गरेको र यसअघि चर्चा भएजस्तो त्यस्तो केही नभेटिएको आफूले सुनेको पनि उनले बताए । तर एम अधिकारीबारे कसैले खोजीमा चासो नदेखाएपछि आफूले खोजेको उनको भनाइ छ ।

उनले ‘एम’ भनेको ‘मनी’ र अधिकारी भनेको अधिकार भएको मान्छे भन्ने आफूले पत्ता लगाएको र त्यो भनेको गभर्नर नै रहेको बताए । आफूले एम अधिकारीबारे लामो अध्ययन र अनुसन्धानपछि यो तथ्य पत्ता लगाएर संसदलाई जानकारी गराएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?